To my beloved Grand parents
March 13, 2020
पात्रो मा कुनै बेग्लै तिथि चाहिदैन, वर्ष को ३६५ ओटै दिन आमा बुवा को निम्ति समर्पित छ।
हात त केवल एउटा साधन हो, मायाले लेखेको यो कविता, मेरो बुवा र आमा को निम्ति अर्पित छ।
मेरो बुवा आमा ले देख्नु भयो सबै थोक, आफ्नो छोरा छोरि हुर्केको देखि , नाति नातिना हुर्केको सम्म ।
भोग्नु भयो धेरै थोक , छोरि लाइ आखा भरि आसु बोकेर बिदाइ गरेको देखि , आफ्नो छोराहरु आफै सँग छुट्टेको सम्म।
जिन्दगिको यो लामो यात्रा मा आए होला धेरै खुसि का पल, अनि आए होला कति अफ़्ट्यारा बाटा हरु।
कैले काही बुवा ले मलाइ गालि गर्नु हुन्थ्यो , तर त्यो गालि लाइ म ढुंगा सम्झिन्थ्ये अनि आफुलाई गाग्री , जब हाल्थ्ये त्यो ढुंगा लाइ गाग्री भित्र , झन् झन् बढ्थ्यो त्यो गाग्री भित्र को माया हरु।
याद छ मलाई आमा को आँखा जुन छटपटाउथ्यो मलाइ नदेख्दा एकछिन पनि,
अनि याद छ, मलाइ बुडो साइकल को डनठि मा बस्न गारो भयो भनेर बुवाले हाल्दिनु भएको सिट पनि।
याद छ मलाई त्यो काठ को घर को आगनी, जहा म बुवा कति बेला बजारबाट आउनु हुन्छ भनेर पर्खाइमा हुन्थ्ये।
याद छ मलाइ लुखुर लुखुर हिड्दै पुगेको बुडी मामली आमा को पछ्यौरा तान्दै।
यसरी नै हिजो को पलहरु आज याद भैदिन्छ अनि आज को पल हरु भोलि
येस्तै तीता मिठा याद हरुको संगालो नै त जीवन हो नि।