इश्वोरले बनाको संसार
March 27, 2020
खोज्दै जानेछु म एक दिन
इश्वोरले बनाको संसार
जंगलै जंगल अनि
नदि को किनारै किनार
खुल्ला आकास
जसको मुनि, म बाच्न खोज्ने छैन
मात्र बाच्नेछु
न लाज न त्रास
बायु संगै बहने छु
बर्षा ले भिजाउन खोजे भिज्नु छु
गर्मि ले नंग्याउन खोजे नंगिनेछु
जाडो ले कक्र्यौन खोजे कक्रिनेछु
तर बाच्नेछु।